Logo

अर्थ

सेयर बजारमा दोहोरो अंकको सुधार



विहीबार सेयर बजारमा दोहोरो अंकको सुधार भएको छ । आज सेयर नेप्से परिसूचक ६.२८ अंकले बढेर १३९७.५७ बिन्दुमा रोकिएको छ । कारोबार सुरुबाटै ओरालो लागेको नेप्से परिसूचक अन्तिम सम्म आउँदा ०.४५ अकंले प्रतिशतले बढेको हो ।

आज दिनभर १८२ कम्पनीको १२ लाख १४ हजार ५ सय १४ कित्ता सेयर विक्रि हुँदा ३९ करोड ३१ लाख २९ हजार ६८ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबारमा आएका १२ उपसमूह मध्ये होटल र म्युचुल फन्ड ओरालो लागेका छन् ।
यसरी नै आज समृद्धी फाईनान्स कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् भने जोशि हाईड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् ।
कारोबार रकमका आधारमा आज पनि नेपाल लाईफ इन्स्योरेन्सले अधिपत्य जमाएको छ । यो कम्पनीको आज ३ करोड २ लाख १० हजार ८ सय रकम बराबरको कारोबार भएको छ ।

प्रकाशित मिति : ४ भाद्र २०७७, बिहीबार १५:३२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।