Logo

अर्थ

सुनको मूल्यमा गिरावट, हेर्नुस् आजको बजारमूल्य



नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । गत शुक्रबारको तुलनामा तोलामा छापावाला सुनको मूल्यमा आज ४ सय रुपैयाँले गिरावट आएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि छापावाल सुन तोलाको ९८ हजार ४ सय रुपैयाँ निधारर्ण गरेको छ । गत शुक्रबार ९८ हजार ८ सयमा छापावाल सुनको कारोबार भएको थियो ।

यस्तै तेजाबी सुनको भाउ पनि घटेर तोलाको ९७ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ । गत शुक्रबार तोलाको ९८ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले गिरावट आएको छ । गत शुक्रबार तोलाको १३ सय ७० मा कारोबार भएको चाँदी आइतबार तोलाको १३ सय ४५ रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : ७ भाद्र २०७७, आईतवार ११:४९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।