Logo

अर्थ

आईएमई लाइफ इन्स्योरेन्सको सीइओमा कवि फुयाँल नियुक्त



आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा कवि फुयाँल नियुक्त भएका छन् । कम्पनीको भदौ ३ गते बसेको सञ्चालक समीतिको बैठकले फुयाँलाई सीइओ पदमा नियुक्त गरेको हो ।

आफ्नो करिअर बैंकबाट सुरु गरेका फुयाँलसँग यसअघि सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी तथा सुर्या लाइफ इन्स्योरेन्समा काम गरेको अनुभव छ ।

यसअघिका कम्पनीका सीइओ असार अन्तिम साता श्रीचन्द्र भट्ट ज्योति विकास बैंक गएपछि आईएमई लाइफ सीईओविहिन बनेको थियो ।

प्रकाशित मिति : ७ भाद्र २०७७, आईतवार १५:४८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।