मिर्मिरे लघुवित्त वित्तीय संस्थाको नायब कार्यकारी प्रमुखमा राजेन्द्र प्रसाद न्यौपाने नियुक्त भएका छन् । उनी पहिला कम्पनीको प्रमुख कार्यकारी अधिकृत थिए । कम्पनीको भदौ ३ गते बसेको सञ्चालक समितिको बैठकले न्यौपानेलाई भदौ ७ गतेदेखि लागू हुने गरी नायब कार्यकारी प्रमुखमा नियुक्त गरेको हो ।
साथै कम्पनीको विद्यमान नायब कार्यकारी प्रमुख विर्ख बहादुर बोहरालाई पनि सोही मिति लागु हुनेगरि सहायक कार्यकारी प्रमुख पदमा नियुक्त गरेको कम्पनीले बताएको छ ।
त्यसैगरी कम्पनीले संस्थापक समूहको सञ्चालक पदमा सञ्जय कुमार श्रेष्ठ र सर्वसाधारण समूहको सञ्चालक पदमा दिप कुमार श्रेष्ठलाई भदौ ७ गते देखि लागू हुने गरी सञ्चालकमा नियुक्त गरेको पनि बताएको छ ।





















प्रतिक्रिया