Logo

अर्थ

सस्तोडिलले एकै हप्तामा भारतका दुई कम्पनीसँग सम्झौता गर्याे



नेपालको इ–कमर्स कम्पनी सस्तोडिल डटकमले एकै साता भारतका दुई ईकमर्स कम्पनीसँग रणनैतिक साझेदारी गरेको छ। केही समय अघि फ्लिपकार्टसँग सम्झौता गरेको सस्तोडिलले भारतीय फेसन र जीव शैलीको प्रख्यात कम्पनी मिन्त्रासँग रणनैतिक साझेदारी गरेको हो ।

सस्तोडीलले मिन्त्रा फेशन ब्रान्डको सामानहरुको बिक्री वितरण तथा बजारीकरण गर्ने सस्तोडीलका संस्थापक सीईओ अमन थापाले बताए।

सम्झौता अनुसार मस्ट एण्ड हार्बर, अनुक र ड्रेसबेरी क्लास फेसनका कपडाहरु सस्तो मूल्यमा नेपाली बजारमा उपलब्ध हुनेछ। त्यसैगरी, सस्तोडिलबाट बेचिने सामानहरु फिर्ता लिने विकल्पसहित डेलिभरी गरिने छ ।

प्रकाशित मिति : ८ भाद्र २०७७, सोमबार १६:३६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।