Logo

अर्थ

नयाँ आर्थिक वर्षको पहिलो महिना २२ प्रतिशतले घट्यो व्यापार घाटा, निर्यात बढ्यो



चालू आर्थिक वर्षको पहिलो महिना व्यापार घाटामा गिरावट आएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको व्यापार घाटामा निरावट आएको छ । अघिल्लो वर्षको तुलनामा यो वर्ष व्यापार घाटामा २२.१७ प्रतिशतले घटेको हो ।
तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको पहिलो महिनामा ८५ अर्व ८० करोड ७९ लाख ८९ हजारको आयात र ९ अर्व ६२ करोड ४९ हजारको निर्यात भएको छ।
गत वर्षको सोही अवधिमा १ खर्व ६ खर्व ७२ करोड ५३ लाख १८ हजारको आयात र ८ अर्व ८३ करोड ७० लाख ८६ हजारको निर्यात भएको थियो।
यो अवधिमा आयात १९.६० प्रतिशतले घटेपनि निर्यात भने ८.८६ प्रतिशतले बढेको छ ।
पोहोरको तुलनामा यो अवधिमा वैदेशिक व्यापार भने १७।४२ प्रतिशतले घटेको छ।

प्रकाशित मिति : ८ भाद्र २०७७, सोमबार १६:५०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।