नेप्सेको सहायक कम्पनी सीडीएस एन्ड क्लियरिङ लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा पूर्णप्रसाद आचार्य नियुक्त भएका छन् ।
पूर्व प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ताको कार्यकाल गत असोज ९ मा सकिएपछि सो पद रिक्त थियो । सिडिएससीले असार १६ गते सिइओको लागि आवेदन माग गरेकोमा उनीसहित सात जनाको आवेदन परेको थियो। सोही सात जनाबाट छनोट समितिले पूर्णप्रसाद आचार्य, भीष्मराज चालिसे र कृष्ण गिरी गरि ३ जनाको नाम सिफारिस गरेको थियो । त्यसमध्येबाट आचार्य सीइओ नियुक्त भएका हुन् ।
सीइओ छनोटका लागि नेप्सेका सहायक प्रबन्धक तथा सीडीएससीका सञ्चालक निरञ्जन फुयाँलको संयोजकत्वमा नेपाल धितोपत्र बोर्डका निर्देशक नारायण प्रसाद शर्मा र अर्थ मन्त्रालयका एक प्रतिनिधि रहेको सीइओ छनोट समिति गठन गरिएको थियो । समितिको सिफारिसको आधारमा सञ्चालक समितिले आचार्यलाई सीइओ नियुक्त गरेको हो ।





















प्रतिक्रिया