एन आई सी एशिया बैंकले सुपर सिक्स योजना ल्याएको छ । बैंकले समयअनुरुप परिष्कृत सेवा तथा सुविधाहरू ल्याउने क्रममा विश्वव्यापी कोरोना महामारीको समयमा विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्नका निम्ति ‘सुपर सिक्स योजना’ सार्वजनिक गरेको हो ।
यो योजना अनुसार ‘सुपर सिक्स योजना’ अनुरुप ग्राहकले बैंकको मोबाइल बैंकिङ्गमार्फत हप्तामा ६ वटा कारोबार गर्दा छैटौं कारोबार रकमको ६ प्रतिशत वा रू. ५ सय सम्म रकम फिर्ता प्राप्त गर्न सक्नेछन् । यो योजना २०७७ भाद्र ८ देखि २७ गतेसम्म गरिएको कारोबारका लागि मात्र मान्य हुने र न्यूनतम रू. १०० सम्मको कारोबार ग्राहकले गर्नुपर्ने व्यवस्था रहेको छ ।
कोरोना भाइरसको यस विषम परिस्थितिमा जुनसुकै स्थानबाट जुनसुकै समयमा सम्पूर्ण कारोबार मोबाइल बैंकिङ्गमार्फत गर्न ग्राहकलाई प्रोत्साहन लागि बैंकले यस्तो योजना ल्याएको बैंकले जनाएको छ ।





















प्रतिक्रिया