Logo

अर्थ

सिटिजन्स बैंकले डिजिटल सहायता केन्द्र सञ्चालन गर्यो



सिटिजन्स बैंकले डिजिटल सहायत केन्द्र सञ्चालनमा ल्याएको छ । निषेधाज्ञा जारी भएको हालको अवस्थालाई लक्षित गर्दै बैंकले डिजिटल सहायता केन्द्र सञ्चालनमा ल्याएको हो । बैंकले आफ्नो डिजिटल कारोबारलाई सहयोग पुर्‍याउने उद्देश्यका साथ यस्तो व्यवस्था गरेको जनाएको छ ।
विषम परिस्थतिको समयमा सीमित शाखा कार्यालयबाट अत्यावश्यक सेवा मात्र प्रदान गरिरहेको बैंकले डिजिटल कारोबारलाई प्रत्सोहन ग्राहकका समस्यालाई समाधान गर्न यस्तो व्यवस्था गरेका हो । साथै बैंकले अन्य जानकारी आफ्नो वेबसाइट, भाइबर, फेसबुकलगायतका सामाजिक सञ्जालका माध्यमबाट उपलब्ध गराउँदै आएको छ ।
बैंकले आफ्ना ग्राहकहरुलाई बैंकका विभिन्न सेवाको जानकारी प्रदान गर्नुका साथै डिजिटल कारोबार सम्बन्धी समस्याको समाधानका लागि छुट्टाछुट्टै सम्पर्क व्यक्ति तोकेको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७७, मंगलवार १२:५८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।