गत आर्थिक वर्षमा सरकारी तथा निजी क्षेत्रमा कार्यरत कर्मचारीको तलब औसतमा ९.४ प्रतिशतले वृद्धि भएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार कर्मचारीको सूचांक ५३७.४५ रहेको छ अघिल्लो आवको सोही अवधिमा औसत तलब सूचांक ४९१.०७ रहेको थियो ।
समग्रमा हेर्दा सरकारी निकायको कर्मचारीको भन्दा निजी क्षेत्रका संघ संस्थामा कार्यरत कर्मचारीको औसत तलब सूचांक धेरै छ । जसमा सबैभन्दा धेरै औसत तलब सूचांक बैंक तथा वित्तीय संस्थाको कर्मचारीको छ ।
गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाका कर्मचारीको औसत तलब सूचांक ६५३.५० छ सरकारी निकायतर्फ औसत तलब सूचांक निजामति कर्मचारीको ५४१.८०, सार्वजनिक संस्थानका कर्मचारीको औसत तलब सूचांक ४४१.९८ र नेपाली सेना, नेपाल प्रहरीलगायतको औसत तलब सूचांक ४८३.७६ रहेको राष्ट्र बैंकले जनाएको छ ।
। जुन गत आवमा बैंक तथा वित्तीय संस्थाका अधिकृत तहका कर्मचारीको औसत तलब सूचांक १५.०४ प्रतिशतले वृद्धि भएर ४७६.९८ पुगेको छ । जुन अघिल्लो वर्ष ४१४.५९ रहेको थियो ।
साथै, बैंक तथा वित्तीय संस्थाका साधारण तहका कर्मचारीको तलब सूचांक औसतमा अघिल्लो आवमा ५५५।४८ रहेको मा गत वर्ष २४.९१ प्रतिशतले बढेर ६९३.९० पुगेको छ ।
सरकारी निकायतर्फ निजामति कर्मचारीको औसत तलब सूचांक अघिल्लो आवमा ३९३.१४ थियो । गत आवको सोही अवधिमा १३.४५ प्रतिशतले बढेर ४४६.०४ पुगेको छ ।
निजामति कर्मचारीमा अधिकृति तहका कर्मचारीको औसत तलब सूचांक अघिल्लो आवमा ३५८.८३ थियो । जुन गत आवको सोही अवधिमा १७.४५ प्रतिशतले वृद्धि भएर ४२१.४५ पुगेको छ ।
साथै साधारण तहका निजामति कर्मचारीको तलब सूचांक अघिल्लो आवमा ४६६.०३ रहेकोमा गत आवको सोही अवधिमा १९.३९ प्रतिशतले वृद्धि भएर ५५६.४१ पुगेको छ ।





















प्रतिक्रिया