Logo

अर्थ

मेडिकल कलेज र रोटरी क्लबबीच सम्झौता



पुरानो मेडिकल कलेज, चितवन र रोटरी क्लब अफ चितवन बिच सम्झौता भएको छ । कलेज र क्लबबीच रोटा वर्ष २०÷२१ मा मेडिकल कलेज र क्लबको सयुक्त आयोजनामा वर्षमा ३ ओटा डेन्टल क्याम्प हुने छ भने कम्तीमा पनि एउटा मेगा हेल्थ क्याम्प आयोजना गरिने गरिने छ ।

सम्झौता अनुसार उक्त क्याम्प बाट आएका विद्यार्थीलाई कलेजले बढीमा ५५ प्रतिशत न्यूनतम १५ प्रतिशत सम्म छुट पाउने छन् ।

सोही सम्झौता पत्रमा अस्पतालका तर्फबाट अतिरिक्त निर्देशक डा. मनोहर प्रधान ,प्रमुख संचालन अधीकृत डा. सुप्रभात श्रेष्ठ र रोटरी क्लब अफ चितवन तर्फबाट अध्यक्ष रो.रोशन पिया तथा दन्त तथा मुख स्वास्थ्य बिभाग प्रमुख रो.राजन पियाले हस्ताक्षर गरेका छन् ।

रोटरी क्लब अफ चितवनका दन्त तथा मुख स्वास्थ्य समिती प्रमुख रो.राजन पियाले यो सम्झौताले आर्थिक विपन्न समूहलाई टेवा पुग्ने बताए ।

साथै क्याम्प बाट रिफरेन्स वार्ड लिएर आउने हरुलाइ अस्पतालबाट सहुलियत सहितको गुणस्तरीय सेवा दिइने अस्पतालका निर्देशक डा मनोहर प्रधान ले बताए ।

प्रकाशित मिति : १० भाद्र २०७७, बुधबार १६:२९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।