Logo

अर्थ

बोनस शेयर बापत लाग्ने कर तिर्न मेगा बैंकको आग्रह



मेगा बैंक नेपाल लिमिटेडले साविक गण्डकी विकास बैंक लिमिटेडको विभिन्न आर्थिक वर्षहरूको बोनस शेयर बापत लाग्ने कर तिर्न शेयरधनीहरूलाई आग्रह गरेको छ ।

बैंकले शेयर रजिष्ट्रार मेगा क्यापिटल मार्केट्स लिमिटेडको जिडिबिएल बोनस ट्याक्स खाता नम्बर ००१००१०७१६३१८ राइजिङ्ग मल काठमाडौँको खाता नम्बरमा कर जम्मा गर्न आग्रह गरेको हो । साथै बैंकले उक्त कर जम्मा गरेपश्चात मात्र बोनस शेयर जम्मा हुने जानकारी गराएको छ ।

त्यसैगरी, रकम जम्मा गर्दा शेयरधनीको नाम, थर, हितग्राही खाता नम्बर, शेयरधनी खाता नम्बर, तथा कुन आर्थिक वर्षको कर बुझाएको हो अनिवार्य रूपमा खुलाउन पनि बैंकले शेयरधनीहरूलाई आग्रह गरेको छ ।

 

प्रकाशित मिति : १२ भाद्र २०७७, शुक्रबार ११:१४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।