प्रहरीको कोठाबाट एक किलो सुन बरामद भएको छ । १५ किलो सुन काण्डको अनुसन्धानको क्रममा प्रहरीकै कोठाबाट एक किलो सुन जस्तो देखिने धातु बरामद भएको हो ।
दरबारमार्ग प्रहरीका तत्कालीन प्रहरी नायव उपरिक्षक रञ्जनकुमार दाहाललाई गलत सूचना दिएको अभियोग लागेका सादा पोशाकका प्रहरी जवान प्रसन्न श्रेष्ठको कोठामा छापा हान्दा सुन जस्तो देखिने उक्त धातु बरामद भएको हो ।
गत मंगलबार प्रहरीले कमलादीबाट १५ किलो सुन जस्तो देखिने पहेँलो धातु बरामद गरेको पत्रकार सम्मेलन गरेर जानकारी दिएको थियो। तर, परीक्षणका क्रममा साढे १४ किलो धातु चाँदी भएको पुष्टि भएको थियो ।
दरबारमार्गमा कार्यरत प्रहरी नायव उपरिक्षकलाई अपरेशनल नेतृत्व कमजोर देखिएको भन्दै उनलाई जिम्मेवारीबाट हटाइएको छ । उक्त प्रकरणमा तीन भारतीय नागरिकहरु समेत पक्राउ परिसकेका छन् ।





















प्रतिक्रिया