नेपाली चलचित्र क्षेत्रका मिलनसार, लोकप्रिय तथा सफल नायक हुदै निर्माता समेत बनेका श्रीकृष्ण श्रेष्ठको निधन भएको आज ६ बर्ष भएको छ । वि.सं २०७१ साल साउन २५ गते बिहान उनको निधन भएको थियो । बिहे भएको केही हप्तामै स्वास्थ्यमा समस्या भएपछि उपचारका लागि श्रीकृष्ण नायिका स्वेता खड्काको साथमा दिल्ली पुगेका थिए । दिल्लीमा केही हप्ता उपचार पछि उनले प्राण त्यागेका थिए ।
श्रीकृष्णको निधन भएपछि उनी अभिनित चलचित्र ‘कोहिनुर’ हलमा चलेको थियो भने उक्त चलचित्रले बम्पर सफलता हात पारेको थियो । नायक तथा निर्माता श्रीकृष्णले भने आफूले निर्माण गरेको उक्त चलचित्रको सफलता हेर्न पाएनन् । श्रीकृष्णले बनाएको चलचित्र ‘कहाँ भेटिएला’ पनि बक्स अफिसमा सुपरहिट भएको थियो । उनकी श्रीमती नायिका स्वेता खड्काले केही समय अगाडी कान्छी नामक चलचित्र निर्माण गरेता पनि व्यवसायिक हिसावले त्यति सफल हुन सकेन ।





















प्रतिक्रिया