Logo

साहित्य

ब्लेड तिमी र म



उठ,
जाउ,
चुपचाप यहाँ बाट तिमी,
तर यी अन्तिम शब्द हरु सुन,
अब म पर्खिन्न तिमी सङ्गै बाँच्नका लागि,
मेरो अन्तर्मन भनी रहेछ
मेरो अनुपस्थितिमा तिमी रमाउँछौ भनेर,
मलाइ था छ,
तिम्रो अनुहारको संकेत पनि त्यै हो,
तर,
म पर्खी रहने छु तिम्लाइ मृत्यु सैयामा,
ए पृयसी,
किन तिम्लाइ था छ,
सुन म भन्छु,
तिम्रो यो श्यामश्वेत वर्ण म भुल्नै सक्दिन,
मलाई शंका लाग्छ,
म मरे पछि पनि तिम्रो मुहार भुल्न सक्दिन,
बाहिर निस्किएका दाराहरु,
जगरङ्ग कपाल,
काला अनि लामा नङ,
उल्टो पर्किएका खुट्टाहरु लिएर
आउने छ मेरो आत्मा तिम्लाइ सुम्सुम्याउन,
तिमी चिच्याउने छौ बेस्सरी
म हराउनेछु त्यतिबेलै,
त्यति बेला तिमी त्रसित हुने छौ,
खुब छटपटाउने छौ,
त्यसैले म भन्दै छु,
मृत्यु सैयामा एउटा ब्लेड लिएर आउनु,
मेरा थरथराइ रहेका हातहरुले तिम्रो अनुहार
क्षतबिक्षत पार्न चाहान्छु,
तर के म साँच्ची तिम्रो अनुहारमा ब्लेड चलाउन सकुँला र,
म कदापी सक्दिन त्यसो गर्न,
म बिन्ती गर्छु
ब्लेड लिएर अन्धाधुन्ध चलाउनु मेरो अनुहारमा,
नडगमगाउनु मेरो क्रन्दन सुनेर,
मेरो प्राण नछुटुन्जेल सम्म चलाइ रहनु,
ताकी म तर्केर भाग्न सकुँ
तिम्रो छाया देख्ने बितिक्कै पनि,
तिम्ले यसो गर्यौ भने म घृणा गर्ने छु तिम्लाई
र आउन पाउने छैन्
आत्मा बनेर तिम्लाइ तर्साउन
प्रीय,
मेरो लागि भए पनि,
तिम्रो लागि भए पनि यत्ती गरिदेउ है
बिन्ती ……..

प्रकाशित मिति : १२ भाद्र २०७८, शनिबार १२:११   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।