Logo

प्रमुख समाचार

परराष्ट्रमन्त्रीमा डा. नारायण खड्कालाई नियुक्त गर्ने तयारी



प्रधानमन्त्री शेरबहादुर देउवाले परराष्ट्रमन्त्रीमा डा। नारायण खड्कालाई नियुक्त गर्ने तयारी गरेका छन् । आज साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तापक्षीय गठबन्धनको बैठकमा डा। खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गर्न लागेको भन्दै प्रधानमन्त्री देउवाले गठबन्धनका नेताहरुसँग सहमति मागेका थिए ।

बैठकमा सहभागी सबै नेताले खड्काको नाममा सहमति जनाएका थिए । योसँगै डा। खड्काले भोलि नै परराष्ट्रमन्त्रीको रुपमा सपथ खाने तयारी भएको छ । अन्य मन्त्रीहरु नियुक्त गर्ने विषयमा भने गठबन्धनको बैठकमा छलफल भएपनि सर्वोच्च अदालतमा माधव नेपालसहित १४ जना सांसदहरुको बारेमा परेको रिटको सुनुवाई ढिला भएकोले केही दिन विलम्ब हुने भएको हो ।

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार ०८:४५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।