सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)ले अध्यादेश फिर्ता गरेर सरकार विस्तारको लागि सहज वातावरण बनाउन पहल गर्ने निर्णय गरेको छ । सोमबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले मन्त्रिमण्डल विस्तारका लागि पहिला राजनीतिक दल सम्बन्धी अध्यादेश फिर्ता लिनु पर्ने र लागि कानूनी जटिलता अन्य हुनुपर्ने बताएको हो ।
माओवादी केन्द्र श्रोतका अनुसार अहिले जारी कानुनी जटिलता मिलाएपछि मात्र मन्त्रिपरिषद् विस्तारका लागि अघि बढ्ने निर्णय भएको छ । केही कानुनी जटिलताका विषय भएकाले त्यसलाई पन्छाइसकेपछि बल्ल मन्त्रिमण्डलको बारेमा प्रवेश गर्ने भन्ने कुरा भएको छ, कानुनी पाटा सदन अदालतसँग, अध्यादेशसँग जोडिएको विषय भएकाले त्यसलाई छिटो टुंग्याउन पहल गर्ने भन्ने भएको छ । श्रोतले भन्यो ।
सरकारले आज मन्त्रिपरिषद बैठक राखेर संसदको अधिवेशन अन्त्य गर्दै अध्यादेश फिर्ता लिने तयारी गरेको अवस्थामा माओवादीको स्थायी समिति बैठक बसेको थियो । स्थायी समिति वैठकले मन्त्री हुनेहरुको अन्तिम सूची टुङ्गाउने अपेक्षा गरिएको थियो । पाँच दलका बीचमा कुरा टुंगो भएपछि त्यसबारे छलफल गर्ने कुरा भएको बुझिएको छ ।




















प्रतिक्रिया