नेकपा एमाले खनाल-नेपाल समूहले राष्ट्रिय कार्यकर्ता भेला आह्वान गरेको छ । शनिबार काठमाडौंमा बसेको खनाल-नेपाल पक्षको केन्द्रीय कमिटी बैठकले कार्यकर्ता भेला बोलाउने निर्णय गरेको हो ।
आउँदो चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला बोलाइएको नेता भीम रावलले जानकारी दिए ।
“त्यो राष्ट्रिय भेलाबाट हामीले महत्वपूर्ण निर्णय गर्नेछौँ,” उनले भने । बैठकले ओली समूहको उक्त कदमको भर्त्सना गरेको छ ।




















प्रतिक्रिया