Logo

राजनीति

चैत ४ र ५ गते नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला



नेकपा एमाले खनाल-नेपाल समूहले राष्ट्रिय कार्यकर्ता भेला आह्वान गरेको छ । शनिबार काठमाडौंमा बसेको खनाल-नेपाल पक्षको केन्द्रीय कमिटी बैठकले कार्यकर्ता भेला बोलाउने निर्णय गरेको हो ।

आउँदो चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला बोलाइएको नेता भीम रावलले जानकारी दिए ।

 
भेलामा केन्द्रीय कमिटीका सबै सदस्य, संघीय र प्रदेशसभाका सबै सांसद, जिल्ला कमिटीका पदाधिकारी, पार्टीनिकट विभिन्न संगठनका केन्द्रीय कमिटीका सदस्यलगायत सहभागी हुने उनले बताए ।

“त्यो राष्ट्रिय भेलाबाट हामीले महत्वपूर्ण निर्णय गर्नेछौँ,” उनले भने ।  बैठकले ओली समूहको उक्त कदमको भर्त्सना गरेको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार १८:३२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।