प्रमुख प्रतिपक्षमा रहेको दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा बहुमत ल्याएर एकल पाइलटवाला ‘सुपरफास्ट जेट’चलाउने बताएका छन् । निर्वाचनपछि आफ्नो पार्टी एमाले सबैभन्दा ठूलो हुने उनको दावी छ ।
विमान दुई पाइलटले चलाउँदा राम्रो हुने भए पनि पार्टी भने नचल्ने रहेछ भन्दै एकल नेतृत्वले नै ठूलो पार्टी हाक्ने बताए । मंगलबार भएको छलफलमा सम्पादकहरुले नेकपा विभाजनलाई जोडेर दुई पाइलटले कुशलतापूर्वक जेट चलाउँछौं ‘भनेको त दुर्घटनामा पर्यो नि’ भन्ने प्रश्नमा ओलीले भने,–‘प्लेन चाहिँ दुईटै पाइलटले चलाउँछन्, त्यो राम्रै चलेको पनि देखिन्छ । तर, पार्टीमा चाहिँ त्यस्तो नहुने रहेछ ।
तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएर भनेको नेकपालाई ठूलो जेटको संज्ञा दिँदै प्रचण्ड र आफूलाई पाइलटसँग तुलना गरेका थिए ।पार्टी एकता प्रक्रियाको कुरा चले पनि दुई अध्यक्ष राख्ने पक्षमा भने ओली छैनन् । उनी अहिले दुई अध्यक्षको कल्पनासम्म पनि गर्न चाहँदैनन् ।
















प्रतिक्रिया