Logo

प्रमुख समाचार

मंसिरमै महाधिवेशन सक्नेगरी कार्यतालिका बनाउन देउवाको निर्देशन



नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंसिर महिना भित्रै पार्टी महाधिवेशन सक्नेगरी कार्यतालिका बनाउन निर्वाचन समितिलाई निर्देशन दिएका छन् । देउवाले कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा शीर्ष नेतासहित बसेको बैठकमा निर्वाचन समितिको टोलीलाई निर्देशन दिएका हुन् ।

प्रधानमन्त्रीको जिम्मेवारीमा रहेका सभापति देउवाले, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला, सहमहामन्त्री प्रकाशशरण महत र निर्वाचन समितिमा रहेका नेताहरुको उपस्थितिमा मंसिरभित्र महाधिवेशन सम्पन्न हुने गरी निर्वाचिनको कार्यतालिका बनाउन निर्देशन दिएको सहमहामन्त्री महत जानकारी दिए ।

उनले भने– ‘ बैठकमा निर्वाचन कार्यतालिकाबारेमा छलफल भयो । मंसिरभित्र महाधिवेशन सम्पन्न हुने गरी निर्वाचिनको कार्यतालिका बनाउन निर्वाचन समितिलाई सभापतिज्यूले निर्देशन दिनुभयो । बाँकी विषयमा तत्कालै केन्द्रीय समिति बसेर टुंग्याउने निर्णय भएको छ ।’

देउवाले मंसिरमै महाधिवेशन सक्ने गरी निर्वाचन समितिलाई निर्देशन दिएपनि कांग्रेसले ५१ जिल्लामा स्थानीय तहको अधिवेशन गरेको १३ जिल्लामा मात्रै जिल्ला तहको अधिवेशन सकाएको छ । अझैपनि बाँकी १३ मध्ये रौतहट र रसुवाको भने क्रियाशील सदस्यता नै टुंगिएको छैन ।

जसका कारण आगामी मंसिर ९–१३ मा केन्द्रीय महाधिवेशन गर्ने मिति तोके पनि त्यहीअनुसार तल्ला तहको अधिवेशन गर्न नसक्दा मंसिरमै महाधिवेशन हुन सक्नेमा आशंका पैदा भएको देउवा निकटकै एक नेताले बताए

प्रकाशित मिति : कार्तिक ९, २०७८ मंगलबार  ५ : ५७ बजे

255
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।