पाँचथरबाट काठमाडौंमा आएर विभिन्न पेशा तथा व्यवसायमा संलग्न रहेको नेकपा (माओवादी केन्द्र)मा आस्था राख्नेहरु सम्मिलित पाँचथर–काठमाडौं सम्पर्क समिति(जनसम्पर्क मञ्च) को सम्मेलन आगामी मंसिर ४ गते शनिबारका दिन हुने भएको छ । मञ्चको शनिबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित बैठकले सम्मेलन मंसिर ४ गते गर्ने निर्णय गरेको हो ।
मञ्चद्वारा गठित प्रचार प्रसार उपसमितिका संयोजक विन्देश्वर खनालले दिएको जानकारी अनुसार मञ्चको सम्मेलन सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा हुन लागेको हो । सम्मेलनको उद्घाटनमा प्रमुख अतिथि पक्का भई नसकेको भएता पनि पार्टीको उच्च नेतृत्वबाट उद्घाटन हुने भनाई खनालको रहेको छ ।
सम्मेलनको मिति र तयारी व्यवस्थित गर्न शनिबार बसेको बैठकमा पार्टीको एक नम्बर प्रदेश अध्यक्ष ध्रुव आङ्देम्बे तथा पार्टीको पाँचथर सहइन्चार्ज हर्क बहादुर नेम्बाङ मिक्सो लगायतको उपस्थिति रहेको थियो । सम्मेलनको कार्यक्रम बिहान ११ बजेबाट प्रारम्भ हुने बताइएको छ ।


















प्रतिक्रिया