Logo

मनोरञ्जन

एमी अवार्डस् १६ विधामा




टेलिभिजन जगतको लोकप्रिय अन्तर्राष्ट्रिय अवार्डमध्ये एक एमी अवार्डस् २०२१ सोमबार अमेरिकाको न्युयोर्कमा सम्पन्न भएको छ ।

७३औँ संस्करणको अवार्ड समारोहमा कुल १६ विधामा अवार्ड प्रदान गरिएको थियो भने कुल २४ देशका ४४ स्टारको सहभागिता रहेको थियो। एवोन ओरजीका साथ केही दिग्गज कलाकारले सञ्चालन गरेको अवार्ड समारोहमा अन्तर्राष्ट्रिय ड्रामाको अवार्ड इरानको तेहरानले, ओटीटी सिरिज अभिनेताको अवार्ड ब्रिटिस सिरिज देशबाट अभिनेता डेविट टेनेन्टले र ब्रिटिश शो एडल्ट मेटेरियलबाट अभिनेत्रीको अवार्ड हेली स्क्वाएरर्सले चुमे ।

टेलिभिजन शोको अवार्ड फ्रान्सेली शो कलमाई एजेन्ट सिज–४लाई, टेलिनोवेलाको अवार्ड चिनको द सङ अफग्लोरीलाई, टेलिभिजन मिनी सिरिजको अवार्ड नर्वेजियनसिरियल एटलान्टिक क्रसिङलाई, नन स्क्रिप्टेड इन्टरटेन्मेन्टको अवार्ड ब्रिटेनको नन मास्कड सिंगरलाई, डकुमेन्ट्रीको अवार्ड थाइल्यान्डको होप प्रोजन: ए क्वेस्ट टु लिभ ट्वाइसलाई, सर्ट फिल्म सिरिजको अवार्ड न्युजिल्यान्डको इनसाइडलाई, ननइंग्लिस ल्यांग्वेज प्राइमटाइम प्रोगामको अवार्ड २१औँ वार्षिक ल्याटिन ग्रामी अवार्डलाई प्रदान गरिएको छ ।

प्रकाशित मिति : मंसिर ८, २०७८ बुधबार  ८ : ५४ बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।