Logo

प्रमुख समाचार

एमाले महाधिवेशन : विमानस्थल झरेर धमाधम उम्मेदवारी घोषणा



महाधिवेशनको सम्मुखमा आइपुग्दासम्म मुख नखोलेका एमालेका नेताहरू महाधिवेशन स्थल नपुग्दै धमाधम उम्मेदवारी घोषणा गर्न थालेका छन् । 

१०औं महाधिवेशनमा उपाध्यक्ष भीम रावलले मात्र अहिलेसम्म औपचारिक रूपमा उम्मेदवारी घोषणा गरेका छन् । आज बिहान चितवन पुगेका रामबहादुर थापा ‘बादल’ आफ्नो उम्मेदवारीबारे मौन बसे । उनले सहमतिमा नेतृत्व चयन गर्ने बताए पनि अन्य नेताहरू भने भरतपुर विमानस्थल उत्रिएर उम्मेदवारी घोषणा गरिरहेका छन् । 

नवौं महाधिवेशनमा महासचिवमा पराजित भएका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले विमानस्थलमै महासचिव पदमा आकांक्षा देखाएका छन् । उनले महासचिवबाहेकका पदमा प्रतिस्पर्धा नगर्ने घोषणा गरे ।

सचिव योगेश भट्टराईले पनि चितवन पुगेर सचिवमा दोहोरिने इच्छा व्यक्त गरेका छन् । उनले आफूसँग अझै १५ वर्ष सक्रिय राजनीति गर्ने सुविधा रहेको भन्दै अहिले सचिवमै दोहोरिन चाहेको बताए । 

भरतपुर विमानस्थलवाटै केन्द्रीय सदय महेश बस्नेत र केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले पनि सचिवमा उम्मेदवारी दिने बताइसकेका छन् । 

उता, एमाले कर्णाली प्रदेश सहसंयोजक यामलाल कँडेलले पनि सचिवमै उम्मेदवार बन्ने चाहना चितवन पुगेर पनि दोहोर्याएका छन् । 
 

प्रकाशित मिति : मंसिर ९, २०७८ बिहीबार  १ : ४२ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।