नेपाल पत्रकार महासंघको २६औं महाधिवेशनमा वरिष्ठ उपाध्यक्षका प्रत्यासी रमेश बिष्ट चुनाव जित्नेमा ढुक्क छन् । आफूले मात्र होइन बिपुल पोखरेल नेतृत्वको गठवन्धनले सहजै जित हासिल गर्ने उनको दाबी छ ।
अनलाइन पानासंग कुरा गर्दै बिष्ट भन्छन्, ‘अहिलेसम्म हामीले महासंघमा बसेर जे काम गरेका छौं, त्यो घाम झैं छर्लङ्ग छ । केही कमजोरी भए होलान् तर पत्रकारको पेशागत सुरक्षा र मिडिया संचालकलाई पनि व्यवसायिक बनाउने कुरामा हामी इमान्दार छौंं । देशभरका पत्रकारको हकहित र देशको संचार क्षेत्र नै कस्तो बनाउने भन्ने हाम्रो उद्देश्य हो । यो काम हाम्रो टिमले पूरा गर्छ । यो मेरो प्रतिबद्धता हो । ’
रामजी दाहालले वरिष्ठ उपाध्यक्षबाट उम्मेदवारी फिर्ता लिएपछि सहज महसुस गरेका बिष्टले अध्यक्षमा उम्मेदवारी दिएका रामप्रसाद दाहालको विषय पनि चाँडै टुंगिने विश्वास व्यक्त गरे । आफनो गठवन्धन अनुभवी, व्यवसायिक, पेशागत निष्ठा, श्रमजिवी पत्रकारका विषयमा संवेदनशील मात्र होइन संचार क्षेत्रकै भविश्य उज्वल बनाउने एजेण्डासहित अघि बढेको उनको भनाइ छ ।
बिष्ट भन्छन्, ‘ नेपालको संचारलाई उद्योग सरह मान्यता दिनुपर्छ । उद्योगको मान्यता पाए त्यस अनुसारको सुविधा संचालक र त्यहाँ काम गने सबै कर्मचारीले पाउँछन् । यो हाम्रो प्राथमिकतामा छ । ’
बिष्टका अनुसार संचारमा विदेशी लगानी भित्र्याउनु हुँदैन । बैदेशिक लगानीले राष्ट्रियता र मुलुककै स्वाभिमान खतरामा पर्छ । अपारदर्शी ढंगले भएको लगानीका सम्बन्धमा राज्यले अविलम्ब छानबिन अघि बढाउनुपर्छ ।
राजनीतिक दलहरु सडकमा हुँदा प्रेस स्वतन्त्रता र व्यवसायिक पत्रकारिताका कुरा गर्ने तर सत्तामा पुगेकाबेला प्रेसलाई संकुचित गर्ने काम गर्छन् । पछिल्लो समय त झन नियम कानून बनाएरै प्रेसलाई नियन्त्रण गर्न खोजिएको छ । अब आउने महासंघको टिमले यी विषयलाई समेत उच्च प्राथमिकतामा राखेर काम गर्नेछ ।
विस्तृत भिडियोमा :



















प्रतिक्रिया