नेकपा एमालेको १० औं महाधिवेशनबाट केपी शर्मा ओलीको नेतृत्वमा नयाँ पदाधिकारी चयन भएका छ ।
अध्यक्षमा खसेको कुल २०९६ मत मध्य केपी शर्मा ओलीले १९०० मत प्राप्त गर्दै विजयी भएका हुन् । त्यसैगरी उनका निकटतम प्रतिदोन्दी डा। भीम रावलले २२३ मत प्रकप्त गर्दै हार व्यहोरेका छन् ।
बरिष्ठ उपाध्यक्षमा भने ईश्वर पोख्रेल सर्वसहमतीमा चयन भएका छन् । उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुभाषचन्द्र नेम्बाङ, सुरेन्द्र पाण्डे, बिष्णु पौडेल र रामबहादुर थापा विजयी भएका छन् । ओलीको नजरमा नपरेका नेता घनश्याम भुसालले भने हार व्यहोरेका छन् ।
महासचिवमा शंकर पोखरेल सर्वसमत चयन भएका छन् भने उप महासचिवमा पृथ्वी सुब्बा गुरुङ, प्रदीप ज्ञवाली र विष्णु रिमाल पनि निरविरोध चयन भएका छन् ।
सचिवमा विजयी हुनेहरुमा गोकर्ण बिष्ट, योगेश भट्टराई, टोपबहादुर रायमाझी, लेखराज भट्ट, छबिलाल विश्वकर्मा, रघुवीर महासेठ र पद्मा अर्याल रहेका छन् । भीम आचार्य र टंक कार्की भने पराजित भएका छन् । आचार्य र कार्की पनि ओलीको नजरमा परेका थिएनन् ।
एमाले अध्यक्षमा भारी मतले ओली विजयी स् ओलीको पक्षमा १८४० मत, रावलले पाए २२३ मत
नेकपा एमालेको अध्यक्षमा केपी ओली विजयी भएका छन् । चितवनमा भएको १०औँ महाधिवेशनले ओलीलाई फेरि अध्यक्षको जिम्मेवारी दिएको हो ।
नेतृत्व चयनका लागि मंगलबार भएको मतदानमा भीम रावललाई १५७७ मतले उछिन्दै ओली अध्यक्षमा निर्वाचित भएका हुन् । कुल खसेको दुई हजार ९६ मध्ये ओलीको पक्षमा १८४० मत खस्दा रावलले २२३ मत पाए । साथै नो भोटमा ३३ मत खसेको छ ।
यसअघि २०७१ सालमा काठमाडौंमा भएको नवौँ महाधिवेशनले पनि ओलीलाई अध्यक्षमा निर्वाचित गरेको थियो ।
यसपटक विद्युतीय मेसिनबाट मतदान गरिएकाले चाँडै परिणाम आएको हो । मंगलबार बिहान ४ बजेबाट मतदान प्रक्रिया सुरू भएको थियो ।
















प्रतिक्रिया