Logo

मनोरञ्जन

‘एक्स ९’बाट कमब्याक गर्दै सुधांशु जोशी



काठमाडौं । एकसमय नेपाली फिल्मका व्यस्त अभिनेता सुधांशु जोशी लामो समयपछि फिल्ममा ‘कमब्याक’ गर्दैछन् । मुकुन्द भट्टको निर्देशनमा बन्न लागेको फिल्म ‘एक्स ९’मार्फत दर्शकमाझ फर्कन लागेका हुन् ।आफूले निर्माण गरेको फिल्म ‘नेपाल’ व्यावसायिक रुपमा असफल भएपछि उनी अमेरिका उडेका थिए । सुधांशुले ‘जाली रुमाल’, ‘विशालु’, ‘रणभूमि’ र ‘हत्या’ जस्ता फिल्ममा अभिनय गरेका छन् ।

निर्देशक मुकुन्दका अनुसार आफ्नो फिल्ममा सुधांशुको अभिनय रहने करिब पक्कापक्की भइसकेको छ । यो फिल्ममा यसअघि अनमोल केसी, सौगात मल्ल, पुष्प खड्का, अनुपविक्रम शाही, राज कटुवाल अनुबन्धित भइसकेका छन् । फिल्ममा बलिउड अभिनेता सुनील सेठ्ठीको पनि अभिनय रहने निर्माण पक्षले जनाएको छ ।

फेब्रुअरीबाट छायांकनमा जाने फिल्म नेपालसँगै युरोप र अमेरिकामा खिचिनेछ । निर्मलकुमार मिश्र कार्यकारी निर्माता रहेको फिल्ममा वीरेन्द्र कुँवर, मुकुन्द भट्ट, चन्द्र पन्त, विदुर घण्टे र प्रदीप थापाको लगानी रहनेछ ।

प्रकाशित मिति : मंसिर १५, २०७८ बुधबार  ९ : ३६ बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।