Logo

मनोरञ्जन

चोखो मायामा बिष्णु र पूर्णको अन्स्क्रिन रोमान्स (भिडियो सहित)



अमेरिकाको विभिन्न रमणीय ठाउँहरुमा छायांकन गरिएको पूर्ण लम्साल र बिष्णु मिश्र बीचको अन्स्क्रिन प्रेम र रोमान्सले भरिपुर्ण चोखो माया बोलको म्युजिक भिडियो बजारमा सार्वजनिक भएको छ।

रोमाण्टिक भर्सनको यस गीतमा गायिका रचना रिमाल र गायक रंजन राईको सुमधुर स्वर रहेको छ भने रवि मल्लको शब्द रहेको यस गीतलाई नविन कार्कीले संगीतवद्द गरेका हुन्।

गीतमा बिशाल निरौलाको संगीत संयोजन रहेको छ। शैलेश घलेले छायांकन गरेको भिडियोलाई बिष्णु खड्काले सम्पादन गरेका हुन्। बिक्की पुलामीको निर्देशनमा भिडियो तयार पारिएको हो। पी एण्ड एच प्रोडक्शनको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको छ।

भिडियोलाई दर्शक स्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ।

भिडियाे लिकं:

प्रकाशित मिति : मंसिर १९, २०७८ आईतबार  ३ : ०० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।