Logo

मनोरञ्जन

विकी र कटरीनाको विवाहविरुद्ध उजुरी



मुम्बई । बलिउड अभिनेता विकी कौशल र अभिनेत्री कटरीना कैफ राजस्थानको सवाई माधोपुरस्थित एक शाही होटलमा बिहिबार विवाह गरेका छन् । दुवैजना आफ्नो परिवारका साथ राजस्थानबिहे गरेका हुन् । यही परिप्रेक्ष्यमा स्थानीय एक वकिलले उनीहरुको विवाहविरुद्ध उजुरी दर्ता गराएका छन् ।

समाचारअनुसार वकिल नेत्रविन्द सिंह जादौनले जिल्ला विधिक सेवा प्राधिकरणमा उजुरी दर्ता गराएका छन् । वकिलले विवाहका कारण एक मन्दिरको बाटो अवरुद्ध भएको भन्दै उजुरी गरेका हुन् । उजुरीकर्ताका अनुसार प्रशासनले डिसेम्बर ६ देखि १२ सम्म चौथ माता मन्दिरको बाटो बन्द गरिदिएको छ । जसकारण श्रद्धालुले समस्या भोग्नु परेको छ ।

जादौनले उजुरीमा सिक्स सेन्सेज फोर्टका प्रबन्धक, कटरीना, विकी र जिल्ला कलेक्टरविरुद्ध उजुरी दर्ता गराएका हुन् ।

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार ०८:१५   :  बजे

99
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।