Logo

समाचार

३५ लाख जरिवाना तोकिएका वन मुद्दाका फरार अभियुक्त जेल चलान



काठमाडौं । वन मुद्दाका फरार अभियुक्तलाई प्रहरीले उदयपुरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुरको उदयपुरगढी गाउँपालिका वडा नम्बर–६ घर भएका भक्तबहादुर खड्का छन् । ५८ वर्षीय खड्कालाई जिल्ला प्रहरी कार्यालय उदयपुरमार्फत पक्राउ गरेर कारागारमा थुनामा पठाइएको जिल्ला अदालत उदयपुरका तहसिलदार देवराज भट्टराईले बताए ।

रुख हानी नोक्सानी गरेको मुद्दामा २०७४ फागुन १५ मा अदालतले उनलाई ३५ लाख ४२ हजार २ सय ४५ रुपैयाँ जरिवाना र १ महिना कैद हुने फैसला गरेको थियो ।

खड्काले जरिवाना तोकिएको पैसा तिरेका छैनन् । जरिवाना रकम तिरेमा उनि एक महिनाको जेल सजाय भुक्तान गरेपछि रिहा हुनेछन् ।

प्रकाशित मिति : ७ पुष २०७८, बुधबार ०९:२०   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।