Logo

मनोरञ्जन

इन्डियन आइडल विजेता पवनदिप नेपाल आउँदै



काठमाण्डौ । भारतीय चर्चित तथा युवामाझ रुचाइएका गायक इन्डियन आइडल २०२१ का विजेता पवनदीप राजन काठमाण्डौ आउने भएका छन् ।

काठमाण्डौमा प्रस्तुति दिनका लागि चर्चित गायक पवनदीप नेपाल आउने भएका हुन् । ३६५ इभेन्ट्स एण्ड मिडियाले म्यानेज गर्ने कार्यक्रममा पवनदिपले दुई स्थानमा आफ्नो प्रस्तुति दिनेछन् ।
डिस्ट्रिक्ट अवार्ड एण्ड रिकग्निसन कमिटी २०–२१ रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटानले आयोजना गरेको अर्वाड तथा फण्ड रेजिङ्ग कार्यक्रममा चर्चित गायक पवनदिपले काठमाण्डौंको पाँचतारे होटल हायात रेजेन्सीमा प्रस्तुति दिने भएका छन् ।

साथै यही माघ १ गते रोटरी क्लव अफ पाटन वेस्टले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा चर्चित गायक पवनदिपलाई ठमेलको लर्ड अफ ड्रिंक्स (एलओडी) मा सुन्न सकिने छ । पवनदिप राजन इण्डियन आइडल सन् २०२१ सिजन १२ का विजेता हुन् । उक्त कार्यक्रमलाई विभिन्न राष्ट्रिय अन्तराष्ट्रिय ब्राण्ड÷कम्पनीले प्रायोजन गरेका छन् ।

प्रकाशित मिति : पुष २५, २०७८ आईतबार  १० : ५८ बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।