Logo

प्रमुख समाचार

कमल थापाको डोनर बतास !



राप्रपा नेपालका पूर्व अध्यक्ष कमल थापाले चौतर्फी आलोचना भइरहेका पात्र आनन्द बतासको समर्थनका एकाएक मैदानमा निस्कीएपछि यसको कारण खोजी हुन थालेको छ ।

राजनीतिक दलका नेताहरुले भएको सम्बन्ध पनि लुकाउँने र आनन्दसँग चिनेको जस्तो नगरिरहेका बेला कमल थापा भने निकै फूलबुट्टा भरेर राम्रा शब्दहरु सहित आनन्द बतासको समर्थनमा उत्रिएका छन् ।

सरकार, प्रशासक सबैतिर लाइन मिलाउँन सिपालु बतासले कमल थापासँग पनि लामै समय देखी दोस्ती जमाइरहेको पाइएको छ । थापाका भइपरिआउँदाका खर्चको स्रोत व्यवस्थापनको एउटा हिस्सा बतास पनि भएको यतिबेला चर्चा चलेको छ ।

कमल थापा पाखेरा जाँदा बतासकै होटलमा बस्ने गरेको, अप्ठेरोमा रकम सहयोग लिने देखी जिन्सी सहयोग पनि बतासबाट थापाले राम्रैसँग उपभोग गरेको, आफ्ना दातालाई गारो अप्ठेरो परेका बेला गुन तिर्न थापाले स्टाटस लेखेर बतासको गुनगान गाएको चर्चा छ ।

आनन्दराज बतासविरुद्ध अहिले चौतर्फी आक्रमण भइरहेको भन्दै आइतबार बिहान ७ः३४ बजे थापाले सामाजिक सञ्जाल फेसबुकमा यस्तो लेखेका छन्,

‘आनन्दराज बतासविरुद्ध अहिले चौतर्फी हमला भइरहेको छ । भित्री रहस्य थाहा छैन । मैले चिनेको आनन्दराज बतास सामान्य अवस्थाबाट संघर्ष गर्दै सफलतातर्फ अग्रसर एक उद्यमी र आध्यात्मिक विचार भएको मिलनसार व्यक्ति हुन् । उनीबाट कानुन उल्लंघन भएको छ भने कानुनी कारबाही गरिनुपर्छ । चरित्रहत्या गरिनु ठिक होइन ।’

बतासबाट कानुन उल्लंघन भएको कारबाही गरिनुपर्ने तर चरित्रहत्या गरिनु ठिक नभएको थापाले भनाइ छ । तर, थापाले आफूले पहिलेदेखि नै चिनेको बताएका छन् । राप्रपाका एक नेताका अनुसार थापा र बतासबीच हार्दिक सम्बन्ध छ । बतासले थापालाई आर्थिक सहयोगदेखि गाडीसमेत किनिदिएको राप्रपा स्रोतको भनाइ छ । जसकारण अहिलेसम्म कुनै पनि दलका नेता नबोल्दा बतासको बचाउमा थापा उत्रिएका हुन् ।

गत मंसिरमा सम्पन्न राप्रपाको महाधिवेशनमा समेत थापालाई बतासले आर्थिक सहयोग गरेको थियो । पशुपति क्षेत्रमा बतास समूहले बनाएको भवनमा थापाले सम्पर्क कार्यालय खोलेका थिए । भृकुटीमण्डपमा महाधिवेशन गरिने भएपछि पशुपति आउजाउमा सवारी जामसहितका समस्या हुने भएपछि थापाले आफ्नो सम्पर्क कार्यालय याक एन्ड यती होटेलमा बनाएका थिए । यसमा पनि बतास समूहले थापालाई आर्थिक सहयोग गरेको राप्रपाका एक नेताले बताए ।

तर, बतास समूहको सहयोगबारे पूर्वअध्यक्ष थापाले केही खुलाएका छैनन् । खुलाउने कुरा पनि भएन । तर, उनले बतासलाई सामान्य अवस्थाबाट संघर्ष गर्दादेखि नै चिनेको बताएका छन् ।

प्रकाशित मिति : पुष २६, २०७८ सोमबार  ७ : ४१ बजे

384
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।