Logo

मधेश प्रदेश

कोरोना संक्रमित बढ्न थालेपछि आवश्यक तयारी गर्न मुख्यमन्त्री राउतको निर्देशन



छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या बढेसँगै प्रदेश २ मा पनि बढ्न थालेपछि प्रदेश सरकारले महामारीलाई रोक्न आवश्यक तयारी थालेको छ । 

मुख्यमन्त्री लालबाबु राउतले सबै सरोकारवाला निकायसँग कोरोना महामारीलाई फैल्न नदिन तथा कोरोना संक्रमितिको लागि औषधि उपचारको विषयमा  छलफल गरेका छन् । कोरोनाको तेस्रो लहर चलेसँगै त्यसका लागि आवश्यक तयारी गर्न सबै निकायलाई मुख्यमन्त्री राउतले निर्देशन दिए । 

कोभिड १९ कै अलग प्रजाति ओमिक्रोन भेरियन्ट झन संक्रामक रहेकोले पनि त्यससँगको लडाइँमा स्वास्थ्यकर्मी, आमजनतालाई बलियो रुपमा लाग्नुपर्ने मुख्यमन्त्रीले बताए ।

पहिलो र दोस्रो लहरको संक्रमणका बेला प्रदेश देखिएको शय्या र अक्सिजनको समस्या अब हुन नदिने गरि तयारी गर्न उनले निर्देशन दिए । प्रदेशभरिमा पाँच जिल्लाका अस्पतालमा अक्सिजन प्लान्ट जडान भइसकेको र बारा, रौतहट र सर्लाहीमा पनि अक्सिजन प्लान्ट जडानको प्रक्रिया प्रदेश सरकारले बढाइसकेको उनले बताए । 

त्यसैगरि,  प्रदेशमा १५ वटा अस्पतालमा ३४६ आइसोलेसन शय्या, १९२ एडीयू शय्या, ९१ आइसीयु शय्या, ६३ भेन्टिलेटर छन् भने एक हजार ९६५ अक्सिजन सिलिन्डर मौज्दात रहेको प्रदेश स्वास्थ्य निर्देशनालय जनकपुरधामले जनाएको छ ।

यस्तै, प्रदेशभरि १२ वटा पीसीआर परीक्षण मेसिनबाट कोभिड-१९ जाँच हुँदै आएको जनाएको छ ।

मंसिरको अन्तिम सतासम्म स्थिर देखिएको कोरोना भाइरस संक्रमणको ग्राफ पुस सुरु हुँदै प्रदेश २ मा बढ्दै गएको छ । बिहीबार मात्रै प्रदेश २ का आठवटै जिल्ला गरेर ११२ जना कोरोना संक्रमित पाइएको छ ।

यसअघिका कोरोना भाइरससंक्रमणबाट प्रदेश २ मा एक हजार ४० जनाले ज्यान गुमाइसकेका छन्  भने  ३७ हजार ७०६ जना निको भएर घर फर्किसकेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।   

संघीय सरकारले पुस मसान्तभित्रमा ६६ प्रतिशत नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाउने लक्ष्य लिएकामा पुस मसान्त भइसक्दा पनि  प्रदेश २ मा त्यो अझै ४० प्रतिशतले मात्र खोप लगाउन सकेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका  निर्देशक विजय झाले खोपको अभाव नरहेको र लगाउने आउने सर्वसधारणको संख्या निकै कम रहेको बताए । रेडियो, पत्रपत्रिका लगायतबाट खोप सम्बन्धि जानकारी गराएपनि ग्रामिण क्षेत्रमा अझै सर्वसधारणले खोप लगाउन नसकेको उनले बताए । 

प्रकाशित मिति : पुष ३०, २०७८ शुक्रबार  १ : १० बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।