Logo

प्रमुख समाचार

एमाले कालीकोट अध्यक्षमा पाण्डे विजयी



एमाले कालीकोटको अध्यक्षमा जसीप्रसाद पाण्डे विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी रमेशकुमार शाहीलाई ३६ मतले पराजित गर्दै पाण्डे विजयी भएका हुन् । 

नवौं जिल्ला अधिवेशनकाे शुक्रबार अन्तिम मतगणनामा पाण्डेले ३३३ मत पाएका थिए भने शाहीले २९७ मत पाएका थिए । 

उपाध्यक्षमा दयाराम सिंम्खडा ३८० मत ल्याएर विजयी भएका छन् भने सचिवमा टेकबहादुर बुढाले ३४४ मत ल्याएर विजयी भएका छन् भने उनका निकटम प्रतिद्वन्द्वी पार्वती सिंहले ३३२ मत ल्याइकी थिइन् ।

सहचिवमा व्यासी तिरुवा ३९० मत र मनराज शाही २६९ मत ल्याएर विजयी भएको एमाले जिल्ला निर्वाचन अधिकृत तुलाराम पाण्डेले जानकारी दिए । 

प्रकाशित मिति : पुष ३०, २०७८ शुक्रबार  ४ : २९ बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।