काठमाडौँ । मधेस प्रदेशमा नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच गठबन्धन भएको छ ।
आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज जनकपुरधाममा पत्रकार सम्मेलन गरी लोसापाबाट महोत्तरीकी रूपा यादव र एमालेबाट पर्साका उसमान अन्सारी गठबन्धनको आधिकारिक उमेदवार रहने भएका हुन् ।
निर्वाचन कार्यालयले यही माघ १२ गते हुने राष्ट्रियसभा सदय निर्वाचनका लागि यादवलाई साइकल र अन्सारीलाई सूर्य चुनाव चिह्न प्रदान गरेको छ ।






















प्रतिक्रिया