Logo

मनोरञ्जन

समिक्षाले मुख खोलिन् आफ्नाे र पलसँगकाे सम्बन्धबारे



काठमाडौं । अहिलेकी चर्चित गायिका समीक्षा अधिकारीले अभिनेता पल शाहसँगको आफ्नाे वास्तविकता सम्बन्ध खुलासा गर्ने बताएकी छिन् ।

उनले आफ्नाे सामाजिक संजाल फेशबुकमा लेख्दै पल शाहसंग सम्बन्धित आफ्ना अघिल्ला पोष्टहरु वास्तविकताभन्दा बाहिर रहेको र कसैको अनुनयनमा लेखिएको बताएकी छिन् ।

समिक्षाले २४ अक्टोबर २०२१ मा लेखिएको स्टाटस सहित एक पोष्ट गर्दै भनेकी छन् ‘म लामो केही भन्दिन । २४ अक्टोबर २०२१ मा मेरो फेसबुकमा लेखिएको यो स्टाटस वास्तविकता भन्दा धेरै टाढा छ । जुन कसैको अनुनयमा लेखेको थिएँ । अब समय आउँदैछ, यथार्थ खुलाउँदैछु ।’

गत २४ अक्टोबरमा उनले पल र आफ्नो सम्बन्ध अभिभावकको जस्ताे रहेकाे बताउँदै मिडियामा आएका गलत समाचारले आफ्नाे चरित्र हत्या भएको बताएकी थिइन् भने अहिले उनले शो स्टाटस नै झुट भएको र अरुकाे दबाबमा लेखेकाे बताएकी छिन् ।

जस्ताकाे त्यस्तै उनकाे स्टाटस:

प्रकाशित मिति : ७ माघ २०७८, शुक्रबार ११:५०   :  बजे

120
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।