Logo

मनोरञ्जन

‘एकै नजरमा’ म्युजिक भिडियो सार्वजनिक



काठमाडाैं । युवाले सुन्दरीयुवती देखेपछि मनमाआउने रोमाञ्चक भावलाई समेटेर तयार पारिएको ‘एकै नजरमा’बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गायक बिक्की परियारको स्वरमा सजिएको यस गीतमाशब्द विष्णुबाबु देवकोटाको रहेको छ । टीका दाहालले सङ्गीतवद्ध गर्नुभएको गीतमा राहुल प्रधानले सङ्गीत संयोजन गरेका छन् । कालिञ्चोकमा छायाङ्कन गरिएको म्युजिक भिडियो बुद्ध थापाले छायाङ्कन गरेका हुन् । विकास लामिछाने र बिना राउतले भिडियोमा अभिनयरहेको छ ।

भिडियोको सम्पादन दिन्सन शाहले गरेका हुन भने केशवराज भट्टको निर्देशनमा भिडियो तयार पारिएको हो । सङगीतकार दाहालको आधिकारिक च्यानल ‘टीका दाहाल म्युजिक’ मार्फत् भिडियो सार्वजनिक भएको जनाइएको छ ।

प्रकाशित मिति : ७ माघ २०७८, शुक्रबार १७:४२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।