Logo

राजनीति

के अब दशैंमा फेरि लकडाउन !



दशैं सम्म कोरोना संक्रमितको संख्या २५ हजार नाघेमा नेपालमा फेरि लकडाउन हुने भएको छ ।

आज सम्म कोरोना संक्रमितको संख्या १७ हजार ४ सय १४ पुगेको छ । २५ हजार भन्दा बढी कोरोना संक्रमित भए माआवश्यक पुर्वाधारले धान्न नसक्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिएका छन् ।

आज बसेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैंठकले यस्तो निणर्य गरेको हो । दशैंमा उपत्यका छोडेर गाउँ जानेको संख्या बढी हुने भएकाले संक्रमण जहाँतही फैलिने भएकाले पुन लकडाउन गर्नुपर्ने स्वास्थ्यकर्मीले पनि बताएका छन् ।

लकडाउनमा बन्द सबै क्षेत्र खुलाउने सरकारको तयारी

 सरकारले लकडाउनमा बन्द रहेका सबै क्षेत्रहरु खुलाउने तयारी थालेको छ । मंगलबार कोभिड–१९ संकट व्यवस्थापन सेन्टर ९सीसीएमसी०को निर्देशक समितिले बन्द रहेका क्षेत्रहरु खुलाउने प्रस्ताव ल्याउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको छ ।

बन्द रहेका क्षेत्रहरु खुलाउन सम्बन्धित मन्त्रालयले विस्तृत अध्ययन गरेर प्रस्ताव ल्याउने र के कसरी सम्भव छ भन्नेबारे छलफल हुने जनाइएको छ । हाल विद्यालय तथा शैक्षिक संस्थाहरु, समूहमा खेलिने खेल तथा त्यसको प्रशिक्षण, मनोरञ्जन स्थल तथा सिनेमा हल, सैलुन, व्युटीपार्लर तथा जिम, धार्मिक स्थल लगायतका क्षेत्र अझैसम्म बन्द छन् ।

त्यस्तै, केन्द्रले विदेशबाट ल्याइने उद्धार उडानलाई थप व्यवस्थित गर्न निर्णय गरेको छ । त्यस्तै, कोरोनाभाइरसको फैलावटलाई नियन्त्रण तथा रोकथाम गर्न विभिन्न जनचेतानमुलक कार्यक्रम गर्ने पनि निर्णय भएको बताइएको छ ।

यद्यपि हालसम्म बन्द रहेका क्षेत्रहरु दशैँअघि खुल्ने सम्भावना भने कम रहेको बताइन्छ ।

जसले लिएनन् सरकारको तक्मा

तक्मा छनोटमा विवादित व्यक्तिहरू पर्न थालेपछि कतिपयले सरकारले दिने घोषणा गरे पनि अस्वीकार गर्दै आएका छन्  ।

निर्वाचन आयोगका पूर्वप्रमुख आयुक्त नीलकण्ठ उप्रेती, पूर्वराजदूत ज्ञानचन्द्र आचार्य र वरिष्ठा अधिवक्ता शम्भु थापाले सरकारले घोषणा गरेको तक्मा लिएका छैनन् ।  कलाकारहरू मदनकृष्णा श्रेष्ठण, हरिवंश आचार्य, गायक पशुपति शर्मा, लेखक झलक सुवेदी, पत्रकार शिव गाउँले, क्रिकेटर पारस खड्का, सन्दीप लामिछानेलगायतको तक्मा मन्त्रालयमै अलपत्र रहेको एक कर्मचारीले बताए  ।

‘संविधानसभा पदकसहित करिब तीन सयजनाको तक्मा अलपत्र छ,’ मन्त्रालयको तक्मा शाखाका एक कर्मचारी भन्छन्, ‘त्यसलाई रद्द गर्ने कानुन बनिसकेको छ । त्यहीअनुसार निर्णय होला  ।’ नयाँ पत्रिकाबाट

प्रकाशित मिति : आश्विन १४, २०७७ बुधबार  ९ : ०६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।