रामेछाप । रामेछाप जिल्लाको रामेछाप नगरपालिका–८ वाबियाखर्कका समाजसेवी शम्भु प्रसाद घिमिरेले १३ सय ३० जना विद्यार्थीलाई जाडोमा लगाउने न्यानो कपडा वितरण गरेका छन् । मंगलबार रामेछाप नगरपालिकाका तीन वटा विद्यालयका विद्यार्थीहरुलाई उनले न्यानो कपडा वितरण गरेका हुन् ।
लाइन्स क्लव अफ रामेछापको आयोजना तथा फेलोसिप लाएन्स क्लवको सहकार्यमा पूर्व जिल्ला गभर्नर घिमिरेको समन्वयमा मंगलबार औपचारिक कार्यक्रमकाको आयोजना गरी गौरी शंकर मावि, श्री मावि भंगेरी र वाल मन्दिर आधारभूत बिद्यालय रामेछापका वालवालिकाहरुलाई न्यानो कपडा बितरण गरिएको हो ।
गौरीशंकर माविमा ७ सय ६० जोर ,श्री मावि भंगेरीमा ३ सय ६० जोर न्यानो कपडा तथा खेलाडीहरुका लागि ६० जोर जर्सि र बाल मन्दिर आधारभुत विद्यालय रामेछापका लागि १ सय ५० जोर कपडा उक्त बिद्यालयहरुमा अध्ययनरत वालवालिकाहरुका लागि वितरण गरिएको थियो ।
यस अघि पनि समाजसेवी घिमिरेले शारदा संस्कृत मावि बावियाखर्क लगायतका विभिन्न विद्यालयमा न्यानो कपडा वितरण गरिसकेका छन् ।
















प्रतिक्रिया