Logo

शिक्षा

भौतिक रुपमा विद्यालय खोल्नेबारे प्रधानमन्त्री कार्यालयमा छलफल 



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भौतिक रुपमा विद्यालय खोल्ने विषयमा सरोकारवालासँग छलफल गरिरहेका छन् । 

कोरोनाभाइरस संक्रमणको तेस्रो लहरसँगै बन्द रहेका शिक्षण संस्था खोल्ने विषयमा अहिले सरोकारवालाबीच प्रधानमन्त्रीले छलफल गरिरहेका हुन् । प्रधानमन्त्री कार्यालयमा जारी छलफलमा विद्यालय खोल्ने विषयमा छलफल भइरहेको हो । 

स्थानीय तहले भौतिक रुपमा विद्यालय खोल्ने निर्णय गर्न थालेपछि दबाबमा परेको सरकारले यसबारे छलफल थालेको हो । 

प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार १४:२१   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।