Logo

शिक्षा

वडाध्यक्ष भामले बाडे दलित विद्यार्थीलाई शैक्षिक सामग्री  



मुगु । छायानाथ रारा नगरपालिका-४ का वडा अध्यक्ष विष्णुकुमार भामले मंगलबार एक कार्यक्रमका बीच १ सय ८७ जना दलित विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेका छन् ।  

आर्थिक अवस्था न्यून भएका दलित, गरिब, विपन्न परिवारको पहिचान गरी भामले छायानाथ रारा नगरपालिकाका-१३ का रुगा, लापु, थार्पका १ सय ८७ जना दलित विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेका हुन् । 

वडा अध्यक्ष भामले आफूले पाएको बैठक भत्ता र घर परिवारको बचत रकमबाट दलित परिवारका बालबालिकालाई सहयोग गरेको बताएका छन् । वडा अध्यक्ष भामले कापी, कलमलगायत सामग्री सहयोग गरेका थिए ।

प्रकाशित मिति : २५ माघ २०७८, मंगलवार १८:१७   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।