Logo

पत्रपत्रिका

निर्वाचनको आन्तरिक मार्गचित्र तयार



काठमाण्डौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनलाई सुव्यवस्थित ढङ्गले सञ्चालन गर्न आन्तरिक मार्गचित्र तयार पारेको छ ।

यही मार्गचित्रका आधारमा आयोगले मतदाताको अन्तिम नामावली तयारी गर्नेदेखि मतगणनासम्मको फरक–फरक कार्यतालिका तयार गरेर निर्वाचन समग्र प्रक्रियालाई अगाडि बढाउने भएको छ । आयोगले सम्भवतः सोमबार नै राजनीतिक दल दर्ताका लागि आह्वान गर्न सक्ने सम्भावना छ ।

स्थानीय तह निर्वाचन-२०७९’लाई व्यवस्थित गर्ने क्रममा आयोगले आइतबारबाट नियमित पत्रकार सम्मेलन पनि सुरु गरेको छ । हालका लागि सोमबार र बिहीबार नियमित र आवश्यकता अन्य दिन पनि पत्रकार सम्मेलनमार्फत सूचना प्रवाह गर्ने आयोगले जनाएको छ । सो पत्रकार सम्मेलनमा आयोगले निर्वाचनको कार्यतालिका स्वीकृत गरेको जानकारी दिएको छ ।

आयोगले संविधान तथा कानुनमा भएको व्यवस्थाबमोजिम कार्यतालिका स्वीकृत गरिसकेपछि निर्वाचन कार्यक्रम घोषणा हुनेछ । भेटघाटमा सचिव गोकर्णमणि दुवाडीले आयोगको तयारीबारे सङ्क्षिप्त जानकारी गराएपछि प्रवक्ता शालिग्राम शर्मा पौडेलले हालसम्मको प्रगतिबारे जानकारी गराए । यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार ०६:३९   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।