Logo

प्रमुख समाचार

एमसीसीको विषयमा दलहरूको रणनीति र सम्भावनाहरू



काठमाडौं । पछिल्लो समय नेपालको राजनीतिमा एमसीसीको विवाद चुलिएको छ । राजनीतिकले दलहरू आ—आफ्नो स्वार्थमा यसलाई एजेण्डा बनाएका छन् । प्रत्यक दलभित्र एमसीसीको विषयमा एक मत छैन् । सत्ता गठबन्धन भत्किने लगभग पक्का भएको छ ।

एमसीसीको विरोध पनि पछिल्लो समय कडा हुन थालेको छ । सत्ताधारी पार्टीका नेता कार्यकर्ताहरू समेत एमसीसीको विरोधमा सडकमा उत्रिएका छन् ।

एमसीसीको विषयमा मुख्य पाँच दलको रणनीति

नेपाली कांग्रेसः
१) गठबन्धनमार्फत नै एमसिसी पास गराउने । त्यसका लागि गठबन्धनलाई चुनावसम्म लैजान लिखित सहमती गर्ने ।
२) गठबन्धन नमाने एमालेको साथ लिएर भएपनि एमसिसी पास गर्ने ।
३) एमसिसी पास गर्ने दुबै बिकल्पले काम नगरे संसद बिघठन र अर्ली इलेक्सनमा जाने ।

नेकपा एमालेः
१) गठबन्धन टुटाउन एमसिसीबारे ठोस निर्णय नगर्ने ।
२) गठबन्धन टुट्ने शर्तमा एमसिसी अनुमोदन गर्ने र सत्ता साझेदार गर्दै चुनावसम्म जाने ।
३) गठवन्धन टुट्ने नदेखिए संसद अवरोधको कर्म जारी राख्ने ।

नेकपा माओवादी केन्द्र:
१) महाकालीभन्दा राष्ट्रघातको महाकलंक लाग्ने भएकोले सकेसम्म टार्ने र सार्ने गर्ने ।
२) गठबन्धन चुनावसम्म जाने शर्तमा आफू प्रत्यक्ष मतदान नगरेर एमसीसी अनुमोदन हुन दिने ।

नेकपा एकीकृत समाजवादीः
१) चुनावसम्म गठबन्धन सुनिश्चित हुने शर्तमा आफू स्किप भएर भएपनि एमसिसी अनुमोदन गर्न दिने ।

जसपा/राजपाः
१) ठूला पार्टीहरुको निर्णय कुर्ने अन्ततः एमसिसी अनुमोदन नै गर्ने ।

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार २१:४०   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।