प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी अनुमोदनका लागि बहुमत जुटाउने गृहकार्यमा लागेका छन् । सत्ता र प्रतिपक्षी दलका सांसदको विरोधकाबीच हिजो संसदमा टेबल गरेको एमसीसी पारित गराउन प्रधानमन्त्री जुटेका हुन् ।
संसदमा टेबल सम्म गर्न नदिने अडान लिएका सत्ता साझेदारलाइ तर्साएर पेस गर्न सफल भएका प्रधानन्त्री देउवाले पारितका लागि पनि तर्साउछन् कि फकाउँछन् हेर्न बाँकी छ । कांग्रेसले तत्काल अनुमोदन गर्न खोजे पनि माओवादी र एकीकृत समाजवादी संशोधनसहित अनुमोदन गर्नुपर्ने अडानमा छन् ।गठबन्धन दलमा कुरा मिलेमा प्रधानमन्त्री देउवाले बिहीवार बस्ने संसद् बैठकबाटै टुंगो लगाउने तयारी गरेका छन् ।
गठबन्धन भत्किने डरले संसदमा एमसीसी टेबल गर्न सहमति जनाएका माओवादी केन्द्र र एकीकृत समाजवादीले यथास्थितिमा पास हुन नदिने अडान छाडेका छैनन् । सभामुखले १४ सांसदमाथि कारबाहीको सूचना टाँस नगरेको भन्दै एमालेले निरन्तर संसद् बैठक अवरोध गर्दै आएको एमाले एमसीसीको पक्षमा नखुले पनि विपक्षमा मतदान नगर्ने प्रधानमन्त्रीको विश्वास छ ।
२ सय ७५ सदस्यीय प्रतिनिधि सभामा नेकपा एमालेका ९७, नेपाली कांग्रेसका ६३, नेकपा माओवादी केन्द्रका ४९, नेकपा एकीकृत समाजवादीका २४, जनता समाजवादी पार्टीका २१, लोकतान्त्रिक समाजवादी पार्टीका १३ सांसद, नेमकिपा, राप्रपा र राष्ट्रिय जनमोर्चाका एकरएक र एक जना स्वतन्त्र सांसद छन् ।
एमालेको नाराबाजी चालु रहेको अवस्थामा माओवादी केन्द्र र एकीकृत समाजवादीले बैठक बहिष्कार गरे पनि सभामुखले निर्णायार्थ पेस गरेर ध्वनि मतबाट पारित भएको घोषणा हुनसक्ने जानकारहरू बताउँछन् । प्रतिनिधि सभाको अर्को बैठक १२ गतेका लागि तोकिएको छ ।




















प्रतिक्रिया