Logo

प्रमुख समाचार

राप्रपाकी महामन्त्री शाही कमल थापाको पार्टीमा जाने, अरु को-को छन् ?



कमल थापा राप्रपा नेपालको अध्यक्ष बनेसँगै राप्रपाभित्र समेत तरंग उब्जिएको छ । धेरैको चासो छ – अब राप्रपा छोडेर को– को नेताहरु राप्रपा नेपालमा जालान् त ? स्रोतका अनुसार राप्रपाबाट राप्रपा नेपालमा जानसक्ने सम्भावित नेताको सुचीमा पहिलो नम्बरमा छिन् कन्ती शाही । उनी राप्रपाकी निर्वाचित महामन्त्री हुन् ।

महाधिवेशनमा थापाको प्यानलबाट उठेकी उनी रेखा थापालाई पराजित गर्दै महिला कोटामा महामन्त्री निर्वाचित भएकी थिइन् । शाही राप्रपा छाडेर राप्रपा नेपालमा आउने लगभग टुंगो लागिसकेको छ । साथै उनले केही दिनपछि मात्रै घोषणा गर्ने स्रोतले जनाएको छ ।

थापाले भने तीन उपाध्यक्षहरु तामाङ, प्रधान र कार्कीसँग आशा राखेका छन् । थापाको समूहबाट राजीव पराजुली, उद्धव पौडेल, सुशील श्रेष्ठ, तेजकुमार कुरवान, जयकुमार खड्का इन्द्र चित्रकार लगायतका नेताहरु कार्यसमितिमा छन् । हाल राप्रपाको केन्द्रीय समितिमा रहेका कोही पनि औपचारिक तवरले राप्रपा नेपालमा आइसकेका छैनन् ।

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार ११:०२   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।