मकवानपुर । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मकवानपुरको जिल्लाको अधिवेशन फागुन १५ गतेका लागि तोकिएको छ । विगतमा ३ वटा मिति तोकिएको भएपनि आन्तरिक तयारी नपुगेको भन्दै अधिवेशन आगामी १५ गतेका लागि तय भएको हो ।
यसअघि माघ १३ गतेका लागि तोकिएको जिल्ला अधिवेशन पुनः २ दिन सारिएको थियो । अधिवेशनकाे मिति तय भएसँगै उम्मेदवारी घोषणा गर्नेहरुको संख्या पनि बढ्दो रहेको छ । यतिबेला मकवानपुर काँग्रेसलाई बलियो र गुटरहित बनाउने भन्दै काँग्रेसको विभिन्न पदहरुमा उम्मेदवारी घोषणा भइरहेको छ ।
नेतृत्वकोलागि सभापति पदमा पनि उम्मेदवारी घोषणा गर्नेको संख्यामा ५ पुगेको छ भने उपसभापतिका लागि कांग्रेस मकवानपुरमा उमेद्वारी घोषणा गर्नेको संख्या ९ पुगेको छ ।




















प्रतिक्रिया