Logo

प्रमुख समाचार

देउवासँगको भेटवार्ता अघि ओली र अमेरिकी राजदूतबीच छलफल



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीबीच भेटवार्ता भएको छ । 

ओली निकट स्रोतका अनुसार मंगलबार दिउँसो ओली र बेरीबीच बालकोटमा भेटवार्ता भएको हो ।

प्रतिनिधि सभामा एमसीसी टेबल भएपछि त्यसबारेमा छलफल गर्न बे‍री बालकोट पुगेका थिए । अब बस्ने बैठकमा एमसीसीबारे संसदमा छलफल गर्ने तयारी छ तर प्रतिपक्षी एमाले भने निरन्तर संसद अवरुद्ध गरिरहेको छ । बेरीसँगको भेटवार्ता पछि ओली प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटवार्ताका लागि बालुवाटार पुगेका थिए । 

बालुवाटारमा देउवाले ओलीलाई एमसीसी पास गर्न सहयोग गर्न आग्रह गरेका थिए । तर ओली भने संसदमा आफूहरुको प्रवेशका लागि माग सम्बोधन गर्नु पर्ने अडान राखेका छन् ।  

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलवार २१:२२   :  बजे

78
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।