काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेर प्रचण्ड बालुवाटार पुगेका हुन् । भेटमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र अर्थमन्त्री जनार्दन शर्मासमेत सहभागी भएका थिए ।
भेटमा अमेरिकी सहयोग परियोजना एमसीसी लगायतका विषयमा छलफल भएको बताइएको छ । अहिले छलफल सकिएको छ । नेताहरूले छलफलबाट बाहिरिँदा कुनै प्रतिक्रिया भने दिएका छैनन् ।






















प्रतिक्रिया