Logo

शिक्षा

विद्यार्थीलाई न्यानो कपडा वितरण



काठमाडौं । काभ्रेको भुम्लु गाउँपालिकाकामा रहेका विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । हजुरलाई नमस्ते परोपकारी संस्थामार्फत भुम्लुका ती १७ वटा विद्यालयका एक हजार ७ जना विद्यार्थीलाई निःशुल्क कपडा वितरण गरिएको हो । 

जनता मावि कोलाँती भुम्लु, अरुणोदय मावि सिम्थली र सेतीदेवी आधारभूत विद्यालय कामिडाँडालगायतका विद्यार्थीहरूलाई सामाग्री हस्तान्तरण गरिएको हो । यसअघि पनि पहिलो चरणमा सोही गाउँंका १४ विद्यालयका विद्यार्थीहरूलाई यस्तै सामग्री वितरण गरिएको थियो । 

हजुरलाई नमस्ते परोपकारी संस्थाले परोपकारीहरुबाट संकलन गरेको कपडा वितरण गरिएको हो ।  रोटरी क्लबका कञ्चन शर्मा र निर्मला शर्मा कोइराला, अभियानका सदस्य शेरबहादुर कुँवर, फाल्गुण कुँवर, वडा नम्बर ६ का अध्यक्ष भरतबहादुर शिवभक्त, वडा अध्यक्ष कृष्णकुमार कार्कीलगायतका उपस्थिति कपडा वितरण गरिएको हजुरलाई नमस्ते परोपकारी संस्थाका संयोजक ताराबहादुर कुँवरले बताए ।

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार २०:०५   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।