म यस्तो गीत गाउँछु २ चलचित्रका निर्देशक तथा निर्माता सुदर्शन थापालाई प्रहरीले सामान्य सोधपुछपछि छाडेको छ ।
नयाँ बानेश्वरबाट पल शाहका बारेमा सोधपुछ गर्न नियन्त्रणमा लिइएका थापालाई छाडिएको प्रहरीले जनाएको छ । शाहविरुद्ध एक नाबालिक गायिकाले जवरजस्ती करणीको मुद्दा दायर गरेपछि फरार रहेका छन् ।
प्रहरीले उनको खोजीकार्य तीव्र पारेपछि भेटाउन सकेको छैन् । पल शाह अभिनित चलचित्र म यस्तो गीत गाउँछु २ का निर्देशक थापालाई शाहको बारेमा ससोधपुछ गर्न बोलाइएको प्रहरीले जनाएको छ ।
प्राइमटाइम टेलिभिजनमा धमलाको हमला कार्यक्रममा अन्तर्वार्ता दिएर फर्किँदै गर्दा टेलिभिजन परिसरबाटै उनलाई नियन्त्रणमा लिइएको थियो ।
प्रहरीले सोधपुछका लागि भन्दै बानेश्वर प्रहरी वृत लगेको र सोधपुछ गरेको र केही सहयोग गर्नुस भनेको काठमाण्डौ प्रहरी प्रवक्ता दिनेश मैनालीले अनलाइनपानालाई जानकारी दिए ।





















प्रतिक्रिया